म्यानचेस्टर सिटीलाई हराउँदै लेष्टर सिटीले उचाल्यो कम्युनिटी शिल्डको उपाधि | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

म्यानचेस्टर सिटीलाई हराउँदै लेष्टर सिटीले उचाल्यो कम्युनिटी शिल्डको उपाधि

जेन्सी । लेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि उचालेको छ ।

वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो । खेलापिड केलिची इहिनाचोले खेलको ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गर्दै लेष्टरलाई उपाधि दिलाएका हुन् ।

सिटीका नाथन एकेले पेनाल्टी क्षेत्रमा केलिचीलाई फाउल गरेपछि लेष्टरले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो ।

लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो ।

सिटी भने सातौं पटक उपाधि जित्नबाट बञ्चित भएको छ । लेष्टरविरुद्धको खेलसँगै मिडफिल्डर ज्याक ग्रेलिसले सिटीका लागि डेब्यु गरेका छन् ।

कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन् ।

लेष्टर एफए कप विजेता र सिटी प्रिमियर लिग विजेताको रुपमा फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);