माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीे बैठक आज बस्दैछ ।

बिहान ११ बजेपछि शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बैठक बस्न लागेको हो । यसअघि बुधबारका लागि तय भएको बैठक केन्द्रीय सदस्यहरु उपत्यकाबाहिर रहेको भन्दै आजका लागि सारीएको थियो ।

बैठकमा एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल हुने बताइएको छ । यसैबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आज बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओली पक्षले अपिल गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति जारी गर्दै आज केन्द्रीय कमिटी बैठक नबोलाइएको र माधव पक्षले राखेको बैठक बैधानीक नभएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र यस गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन, पार्टी विधानविपरीत हुने भएकाले यस गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूलाई अपिल गरिएको उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);