तीन दिन भित्र क्रियाशील सदस्यता विवादबारे टुंगो लगाउन कांग्रेस शीर्ष नेताहरुबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

तीन दिन भित्र क्रियाशील सदस्यता विवादबारे टुंगो लगाउन कांग्रेस शीर्ष नेताहरुबीच छलफल

काठमाडाैं । नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ ।

नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद ३ दिन भित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो ।

सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानवीन समितिका संयोजक समेत रहनु भएका नेता रमेश लेखकले जानकारी दिए ।


बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिन भित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ । महाधिवेशनको कार्यतालिका अहिले नै प्रभावित भईहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै नेता लेखकले शिर्ष तहमा यसको टुंगो २ दिन भित्र लगाउने गरी छलफल भईरहेको बताए ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन भदौं १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ । तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);