काठमाडौं । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी विलियम बेरीबीच भेटवार्ता भएको छ ।
मंगलबार जंगी अड्डामा प्रधान सेनापतिको कार्यकक्षमा राजदूत बेरीसँग शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।
प्रधान सेनापति थापाले भदौ २५ गते अवकाश पाउँदैछन् ।