राजिव शाह,
सर्लाही । प्रहरीले सर्लाहीको ब्रहम्पुरीबाट अबैध सालको काठ सहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।
ब्रहम्पुरी गाउँ पालिका ३ स्थित ना.२ त ३८२ र ज २ त ३२३९ नम्बरको ट्याक्टरमा लोड गरि ल्याउदै गरेको विशेष सूचनाको आधारमा काठ सहित ट्याक्टर चालकलाई नियन्त्रणमा लिई जिल्ला वन कार्यालय लालबन्दीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आइतबार बेलुका ८ बजे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक प्रहरी निरीक्षक जटाशंकर यादवको कमान्डमा गएको टोलीले अबैध साल जातको काठ (२४८ क्युफिट ) सहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला वन कार्यालयमा पठाइएको प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।