एजेन्सी । अफगानिस्तानका मुख्य तीन शहरमा तालीवान बिद्रोहीले भिषण आक्रमण गरेको छ ।
पछिल्लो समय देशको अधिकांश ग्रामिण क्षेत्र नियन्त्रणमा लिइसकेको तालिवान विद्रोहीले अब आफ्नो ध्यान शहरतर्फ केन्द्रित गर्दै आक्रमणलाई तिब्रता दिएको हो ।
सोही क्रममा शनिवार बाट कान्दाहार, हेरात र लस्कर गाह शहर कब्जा गर्न भिषण आक्रमण गरिरहेको छ । ती शहरमा सरकारी सेनाले कडा प्रतिरोध गरिरहेका छन् । तर विदेशी सेनाले अफ्गानिस्तान छाड्दै गर्दा एकाएक शक्तिमा आएको तालिवान विद्रोहीलाई परास्त गर्न भने निकै कठिन देखिएको छ ।
आगामी सेप्टेम्बरसम्ममा अफगानिस्तान बाट सम्पूर्ण बिदेशी सेना फिर्ता जाने घोषणा भएलगत्तै तालीवानी बिद्रोहीले हिंसात्मक गतिबिधी तीब्र पारेका हुन् । यसअघि उनीहरुले इरान र पाकिस्तानसंग जोडिएका महत्वपूर्ण सीमा नाकाहरु नियन्त्रणमा लिइसकेका छन् ।
तालीवानी बिद्रोहीले बेलायती सेना रहेको हेलमन्द प्रान्तमा पनि आक्रमण गरेको छ ।