एजेन्सी । जापानले टोकियोसहित पाँच शहरमा आपतकालको घोषणा गरेको छ ।
कोरोना संक्रमण दर बढ्दै गएपछि जापानका चीबा, कनागावा, ओसाका र ओकिनावा शहरमा आपतकाल घोषणा गरिएको हो ।
साथै होक्काइडो, क्योतो, इशिकावा, हयोगो र फुकौका लगायतका ठाउँमा संक्रमण नियन्त्रणमा राख्न सतर्कता उपाय कडाइका साथ लागू गर्ने जापान सरकारले जनाएको छ । टोकियो महानगर सरकारले पछिल्लो चौबीस घण्टामा तीन हजार ८ सय ६५ संक्रमित थपिएको जनाएको छ ।
उक्त समयमा जापानमा भने दश हजार ६ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । साथै त्यहाँको सरकारले कोरोना नियन्त्रणका लागि सरकारले जस्तोसुकै कदम चाल्न सक्ने र त्यसका लागि जनताको साथ समर्थन प्राप्त हुनेमा समेत विश्वस्त रहेको जनाएको छ ।
ओलम्पिक खेलकूदका लागि टोकियो र ओकिनावामा लगाइएको आपतकाल भने अगष्ट २२ मै सकिने गरी घोषणा गरिएको थियो । तर दुवै शहरमा समेत लम्ब्याइएको छ ।