बैतडीमा । बैतडीमा साउन मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिममा कमी नआएकाले निषेधाज्ञाको अवधि साउन ३२ गतेसम्म लम्ब्याइएको हो ।
थप गरिएको निषेधाज्ञा आजबाट लागु भएको हो । यसअघि साउन १ गते देखि १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
निषेधाज्ञाको अवधिमा पसल बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनका लागि अनुमति दिइएको छ ।
यस्तै विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यक्रममा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
भारतसँग सीमा जोडिएका कारण पनि बैतडीमा तेस्रो लहरको संक्रमणको बढी जोखिम हुने भन्दै स्वास्थ्यकर्मीले सचेत गराएको छ ।