नुवाकोट । शुक्रबार परेको वर्षाको कारण पासाङ ल्हामु राजमार्ग अन्तर्गत नुवाकोटको मैथली तालिम ब्यारेक विदुरतर्फ खोल्चामा राखिएको ह्युम पाइप बगाएको छ ।
बाढीले ह्युम पाइप बगाएसँगै सडक अवरुद्ध भएको छ ।
यसअघि पुलमा १३ गते राति पुगेको क्षति मर्मत गरेर आंशिक रुपमा सुचारु भएकोमा शुक्रबार रातिको पानीले पुनः क्षति पुराएसगै सवारी आवागमन अबरुद्ध भएको छ ।
अबरुद्ध सडक खुलाउनको लागि पहल भइरहेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।