लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

गएको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको थियो । बैठकले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेललाई हटाएर पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

शेरचनले दोश्रो पटकका लागि प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्दै छन् । यसअघि उनी गण्डकीका प्रदेश प्रमुख थिए। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई पदमुक्त गरी सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);