कोरोना संक्रमणदर पुन उकालो लागेपछि सीसीएमसीको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८१, आइतबार

कोरोना संक्रमणदर पुन उकालो लागेपछि सीसीएमसीको बैठक बस्दै

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक बस्दै छ ।

नेपालमा कोरोना संक्रमणदर फेरि उकालो लाग्न थालेपछि शुक्रबार सीसीएमसीको बैठक बस्न लागेको हो ।

शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा बस्न लागेको बैठकमा कोरोना नियन्त्रण तथा रोकथामका उपायका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पछिल्लो केही साता यता कोरोना संक्रमण बढेको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाएको छ । बिहीबार मात्रै ३ हजार ३ सय ६५ नयाँ संक्रमित थपिएका थिए । संक्रमणदर बढेसँगै अस्पतालका आइसीयू र भेन्टिलेटर भरिन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);