ललितपुर । ललितपुर महामनगरपालिकाले आजदेखि ४५ वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउदैं छ ।
आजदेखि उक्त उमेर समूहका नागरिकलाई लक्षित गर्दै साउन १५, १६ र १७ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागेको हो।
महानगरका २९ वटै वडाहरूका खोप केन्द्रबाट खोप लगाइनेछ। साथै साउन १८ मा जोनसन एन्ड जोनसन खोप कार्यक्रम पनि सञ्चालन गर्ने तयारी छ।