खोप लगाउने क्रममा पोखरा महानगरपालिकामा झडपको स्थिति सिर्जना | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

खोप लगाउने क्रममा पोखरा महानगरपालिकामा झडपको स्थिति सिर्जना

पोखरा । पोखरा महानगरपालिकाका वडाहरुमा जोन्सन एण्ड जोन्सनको खोप लगाउने क्रममा पोखरा महानगरपालिका वडा न १५ मा झडपको स्थिति सिर्जना भएको छ । बिहान ९ बजेदेखि ५ बजेसम्म लगाउने खोपमा स्थानीय जनप्रतिनिधि हरुले आफ्नो मान्छेलाई छिराएको र कम उमेरका जनप्रतिनिधि आफैले खोप लगाएको भन्दै बिवाद भएको हो ।

आक्रोशित जनताले जनप्रतिनिधि लाई हामी बिहान देखि पालो कुरेर बस्ने पहुँच हुने ब्यक्ति ले फोनको भरमा खोप लगाउने भन्दै वडा अध्यक्ष प्रकाश पौडेललाई तथानाम गालि गरेका थिए १५ मा यस अघि ३ गते पनि बिवाद भएको थियो ।५०० डोज आएको खोप ५२, ५३,५४ उमेरकालाई लगाउने खोप कम उमेरकाले लगाएपछि झडप स्थिति हुन पुगेको हो ।

वडा न १५ ले हरेक काममा जनताको हित बिपरित काम गर्ने गरेको जनतालाई दुख दिने काम गरेको भन्दै बेला बेलामा बिबाद हुने गरेको स्थानीय बताउछन् । खोप लगाउन नागरिकता , सवारी चालक अनुमति पत्र, बिदेश जानेको लागि भिसा लागेको पत्र र पासपोर्ट चाहिने बताएको छ ।

Leave a Reply