१ किलो १ सय ६५ ग्राम सुन सहित एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

१ किलो १ सय ६५ ग्राम सुन सहित एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई १ किलो १ सय ६५ ग्राम सुन सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले विमानस्थलस्थित आन्तरिकतर्फको भन्सारमा जाँच गर्ने क्रममा सुटकेशभित्र फलामे धातुको कप आकारको बस्तुमा उक्त सुन लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई उक्त सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा राखी थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply