गणतन्त्र, धर्म निरपेक्षता तथा समावेशीता लगायतका राजनीतिक उपलब्धीको विषयमा अन्यथा सोच्ने बेला भएको छैन : नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८१, शनिबार

गणतन्त्र, धर्म निरपेक्षता तथा समावेशीता लगायतका राजनीतिक उपलब्धीको विषयमा अन्यथा सोच्ने बेला भएको छैन : नेम्वाङ

subash

काठमाडाैं । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गणतन्त्र, धर्म निरपेक्षता तथा समावेसिता लगायतका राजनीतिक उपलब्धीहरुको विषयमा अन्यथा सोच्ने बेला नभएको बताएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ नेता नेम्वाङले गणतन्त्र, धर्म निरपेक्षता र समावेसिता लगायतका राजनीतिक परिवर्तनहरु संविधान सभाले ल्याएको सबैभन्दा ठूलो उपलब्धी भएकोले यसबारे अन्यथा सोच्न नहुने बताउनुभएको हो । यद्यपी लोकतान्त्रिक मुलुक भएकाले छलफल जुनसुकै विषयमा हुनसक्ने उनको तर्क थियो ।

उनले भने ‘संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेसिता भनेको संविधानसभाले ल्याएको सबैभन्दा ठूलो उपलब्धी भित्र पर्छ । यो मेरो व्यक्तिगत राय हो । अरु कसैलाई अरु राय लागेको हुनसक्छ । त्यसैले त यो लोकतन्त्र हो । अझै संविधानसभाले बनाएको संविधान अन्तर्गत स्थापित मूल्य र मान्यताहरु देशमा छन् । त्यसैले यो लोकतन्त्रमा त छलफल जुनसुकै विषयमा हुनसक्छ । तर मलाई लागेको के हो त भन्दा यी त हामीले ल्याएका राम्रा उपलब्धीहरु हुन् । ती उपलब्धीहरुको बारेमा अहिले अन्यथा सोच्ने बेला भइसकेको छैन कि भन्ने मलाई लाग्छ ।

नेता नेम्वाङले नेकपा एमालेलाई एकताबद्ध बनाउन आफुहरु लागिरहेको पनि बताउनुभयो । उहाँले पार्टी भित्र एमाले एकताको विपक्षमा कोही नभएको दाबी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);