वैवाहिक अंगिकृतलाई नागरिकता दिन ७ वर्षे उमेर हद राख्न नहुने प्रमोद साहको अडान | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

वैवाहिक अंगिकृतलाई नागरिकता दिन ७ वर्षे उमेर हद राख्न नहुने प्रमोद साहको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले एक लाख ९० हजार भन्दा बढि नागरिकका सन्तानले तराई, मधेशमा नागरिकता पाउन नसकेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै जसपाका नेता प्रमोद साहले अंगिकृत नागरिकता पाएका १ लाख ९० हजार भन्दा नागरिकका सन्तानले तराई मधेशमा नागरिकता पाउन नसकेकोमा आपत्ति जनाउँदै उनीहरुलाई तत्काल नागरिकताको व्यवस्था हुने गरी कानुन निर्माण गर्न सरकारसँग माग गरे । उनले संविधानले सबै नागरिकले नागरिकता पाउनैपर्ने व्यवस्था गरेपनि त्यस अनुसार कानुन बनाउन सरकार गम्भिर नभएको आरोप समेत लगाए ।

“संविधानको धारा १० (१) मा कुनै पनि नागरिक गैरनागरिक भएर बस्न हुँदैन भन्ने व्यवस्था गरिएको छ । तर अंगिकृत नागरिकता पाएका तराई मधेशका १ लाख ९० हजार भन्दा बढि नागरिकका सन्तान नागरिकता पाउनबाट बञ्चित भएका छन । उनीहरुले तत्काल नागरिकता पाउने गरी कानुन बनाउन म सबै माननीय सदस्यजीहरु र सरकारसँग आग्रह गर्दछु ।”

नेता साहले नागरिकता दिने विषयमा राज्य गैरजिम्मेवार बन्न नमिल्ने उल्लेख गर्दै नागरिकता दिने विषयमा उठेका गम्भीर प्रश्नको जवाफ तत्काल दिनुपर्ने बताए । उनले वैवाहिक अंगिकृतलाई नागरिकता दिन ७ वर्षे उमेर हद राख्न नहुने अडान पनि राखे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);