एजेन्सी । जापानकी टेनिस खेलाडी नाओमी ओसाका टोकियो ओलम्पिक–२०२० को टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् ।
मंगलबारको तेस्रो चरणको खेलमा चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभासँग पराजित भएपछि ओसाका प्रतियोगिताबाटै बाहिरिएकी छन् । यो सँगै स्वदेशी भूमिमा ओलम्पिकको स्वर्ण पदक जित्ने ओसाकाको सपनामा पूर्ण विराम लागेको छ ।
विश्व वरीयतामा ४२औं स्थानमा रहेकी मार्केटाले दोस्रो वरीयतामा रहेकी ओसाकालाई ६–१, ६–४ को सोझो सेटमा हराएकी हुन् ।
टोकियो ओलम्पिकको उद्घाटन समारोहमा ‘ओलम्पिक फ्लेम’ प्रज्वलन गरेकी ओसाका चार पटककी ग्रान्ड स्लाम विजेता हुन् ।




