जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र संघीयताको एजेण्डा खुसुक्क घुसाईयो : गोकुल बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८१, शुक्रबार

जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र संघीयताको एजेण्डा खुसुक्क घुसाईयो : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले जनताको आमुल परिर्वतनको स्वप्नशील तागतभित्र संघीयताको एजेण्डा खुसुक्क घुसाइएको टिप्पाणी गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका बास्कोटाले मंगलबार ट्वीट गर्दै आुमल परिवर्तनको समयमा संघीयताको एजेण्डा घुसाइएको टिप्पणी गरेका हुन् । कुनै पनि मुलुक संघीयतामा किन गएको भन्ने आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी कुनै विश्लेषण विना नेपालमा संघीयता ल्याइएको बास्कोटाको तर्क छ ।

संघीयताको बारेमा एमालेभित्र पनि बहस चलाउँदै आएका बास्कोटाले लेखेका छन्–‘‘संघीयतामा कुनै देश किन गए? हामीले आर्थिक, सामजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि हेरेनौं । जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुक्क घुसाईयो ।’’

नेपालमा संघीयता आउँदा विदेशीलाई धेरै उपलब्धी हासिल भएको तर्क समेत गरेका छन् । उनले लेखेका छन्–‘‘नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आयो र हामी बगिरह्यौं ।’’

उनले धर्म, संस्कृति र राज्यबारे छुट्टै बसस गर्न आवश्यक रहेको समेत बताएका छन् ।

पछिल्लो समय नेपालमा संघीयता उचित नभएको भन्दै बहस हुन थालेको छ । विश्लेषकहरुले संघीयता नेपालको संस्कृति, भौगोलिक बनोट र आर्थिक परिवेशलाई उपयुक्त नभएको विश्लेषण गर्न थालेका छन् ।

सोमबार मात्रै विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका थिए ।

त्यसैगरी गएको असार १९ मा बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा नेता महेश बस्नेतले संघीयता र धर्म निरपेक्षताको समीक्ष गर्नुपर्ने बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);