जसपाको आधिकारिता विवाद सम्बन्धीको सनाखत सकियाे | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

जसपाको आधिकारिता विवाद सम्बन्धीको सनाखत सकियाे

काठमाडाैं । जनता समाजवादी पार्टी जसपाको आधिकारिता विवाद सम्बन्धीको सनाखत सकिएको छ । निर्वाचन आयोगले सोमबार ‘हेड काउन्ट’का लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो ।

उपेन्द्र यादवसँग ३४ र महन्थ ठाकुरको पक्षमा १६ कार्यकारिणी समितिले सनाखत गरेका छन् । सनाखत सकिएसँगै निर्वाचनआयोगले केही बेरमा जसपा आधिकारिकता सम्बन्धीको निर्णय गर्दैछ । जसपा आधिकारिता विवादमा केन्द्रीय कार्यकारिणी सदस्यएवं निलम्बित सांसद रेशम चौधरी तटस्थ बसे ।

उनले आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन आफूलाई नियत र नैतिकताले नदिएको बताए । सांसद चौधरीलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको थियो ।

Leave a Reply