बाढीग्रस्त सिन्धुपाल्चोकका स्थानीयद्वारा पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

बाढीग्रस्त सिन्धुपाल्चोकका स्थानीयद्वारा पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग

सिन्धुपाल्चोक । बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले सोमवार प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउँदै तत्काल पुनर्वासको व्यवस्था हुने गरी आर्थिक सहायताको उचित व्यवस्था गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले अघिल्लो सरकार र स्थानीय सरकारले राहत दिने विषयमा चासो नदिएपछि आफूहरु बिचल्लीमा परेको उल्लेख गर्दै उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले घरवारविहीन भएका, रोजीरोटी गुमाएका, व्यवसायमा क्षति पुगेकाहरुलाई तत्काल आर्थिक राहत , प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्ध निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

गत असार १ गते आएको बाढीमा परी मेलम्ची, हेलम्बु र पाँच पोखरीमा दर्जनौंको ज्यान जानुका साथै कयौँ घरबारविहीन र रोपनी खेतियोग्य जमीन बगरमा परिणत भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);