प्रकाश नेपाल,
पाल्पा । नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले वर्तमान सत्ता गठवन्धनले नेकपा एमालेलाई कमजोर बनाउने, फुटाउने, राष्ट्रिय राजनीतिमा भूमिकाविहिन बनाउने गरी गलत तरिकाबाट काम सुरु गरेको बताएका छन् ।
गृह जिल्ला गुल्मीबाट काठमाडौं फर्किने क्रममा पाल्पामा पार्टी अगुवा कार्याकर्तालाई सम्बोधन गर्दै प्रवक्ता ज्ञवालीले यस्तो बताएका हुन् ।
सत्ता गठवन्धनले विभिन्न प्रलोभन दिएर सांसद खरिद विक्री गर्ने, सांसदहरुलाई निष्क्रिय बनाउने जस्ता फोहरी अनैतिक काम गरेको समेत ज्ञवालीको आरोप छ ।
सत्ता गठवन्धको एउटै चाहना एमालेलाई कमजोर बनाएर राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा लैजाने रहेको भएपनि एमालेले त्यसो हुन नदिने प्रवक्ता ज्ञवालीले बताए ।