जसपा विवाद : आयोगमा हेड काउन्ट जारी, कसले पाउला आधिकारिकता? | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

जसपा विवाद : आयोगमा हेड काउन्ट जारी, कसले पाउला आधिकारिकता?

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको आधिकारिकता विवाद टुंग्याउनका लागि हाल निर्वाचन आयोगमा सनाखत जारी रहेको छ ।

जसपाका दुबै पक्षले आफूसँग बहुमत भएको भन्दै आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेपछि आयोगले ५ सदस्यीय इजलास गठन गरी सुनुवाइ गरेको थियो ।

सुनुवाइपछि आयोगले जसपाका कार्यकारिणी सदस्यहरुलाई आयोगमा नै बोलाएर हेड काउन्ट गरी विवाद टुंग्याउन लागेको हो ।

हाल आयोगमा जसपाका दुवै पक्षका कार्यकारिणी सदस्यहरु उपस्थित भएका छन् । उनीहरुको हस्ताक्षर सनाखत भईरहेको छ ।

सांसद रशेम चौधरी पनि आयोग मै पुगेर सनाखत गर्ने भनिए पनि विविध कारण देखाउँदै जेलबाट नै सनाखत हस्ताक्षर गर्ने भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);