एजन्सी । अफगानिस्तान सरकारले मुलुकभर एक महिना लामो कर्फ्यु घोषणा गरेको छ ।
विद्रोही संगठन तालिबानले मुलुकका अधिकांश भूभाग लगातार नियन्त्रणमा लिन थालेपछि सरकारले कर्फ्यु घोषणा गरेको हो ।
तालिबानले धेरैजसो सीमा क्षेत्रसहित आधाभन्दा बढी भूभाग नियन्त्रणमा लिइसकेको अवस्थामा सरकारले राजधानी काबुलमा तालिबानको प्रवेश रोक्न कर्फ्यु आदेश जारी गरेको अनुमान गरिएको छ ।
अमेरिकी र नेटो सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा तालिबानसँगको युद्ध चर्किएको छ । सरकारले शान्ति वार्तालाई अघि बढाउन खोजिरहेका बेला तालिबानले अधिकांश ग्रामीण क्षेत्र नियन्त्रणमा लिएर सहरी क्षेत्रमा आफ्नो कदम बढाइरहेको छ ।
चीन, पाकिस्तान, काजकिस्तान, तुर्कमिनिस्तान तथा इरानसँगको सीमा नाका नियन्त्रणमा लिएर सरकारको दैनिक राजस्व संकलनमा ठूलो क्षति पु¥याइरहेको तालिबानले सहर केन्द्रित आक्रमण सुरु गरे पनि अहिलेसम्म कुनै ठूलो सहर भने नियन्त्रणमा नलिएको अधिकारीहरुले बताएका छन् ।
अफगान सरकारले राजधानी काबुल, पंजशीर र नन्गरहार बाहेक सबै प्रान्तमा निकै कडाइका साथ लागू हुने गरी कर्फ्यु घोषणा गरहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।