आममाफी भयो, आउनुस् एकजुट भएर अघि बढौं : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

आममाफी भयो, आउनुस् एकजुट भएर अघि बढौं : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई आममाफी दिने घोषणा गरेका छन् ।

बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बाटो बिराएकालाई आममाफी दिने बताएका हुन् । प्रधानमन्त्री देउवालाई ओली पक्षका ८ सांसद र माधव कुमार नेपाल सहित उनी पक्षका १४ सांसदले विश्वासको मत दिएका थिए ।

ती सांसदहरुलाई बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले २४ घन्टे स्पष्टीकरण सोधेको थियो । तर आज भने अध्यक्ष ओलीले बाटो बिराएकाहरुलाई पार्टी एकताका लागि आममाफी दिने बताएका हुन् । उनले पार्टीका सबैजालाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।

ओलीले भने–‘आज पुष्पलाललाई सम्झिएर म भन्न चाहन्छु, आउनुहोस् मिलेर काम गरौं, आन्दोलनलाई सफल पारौँ, एकजुट भएर जाऔं। पद र स्वार्थका कुरा छोडौं, देश र जनताका समस्याका कुरा गरौं, हाम्रो विजय यात्रालाई कसैले पनि रोक्न सक्दैन।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);