एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार १५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ३ हजार ९ सय ९८ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख १८ हजार ४ सय ८० जनाले ज्यान गुमाईसकेका छन् ।
हाल भारतमा चार लाख ७ हजार १ सय ७० सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३६ हजार ९ सय ७७ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ३ लाख ९० हजार ६ सय ८७ पुगेको छ ।
भारतमा हालसम्म ४१ करोड ५४ लाख ७२ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।