अब उप्रान्त नवीकरण नगरेपनि अनलाइन सञ्चारमाध्यमकाे दर्ता खारेजी नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अब उप्रान्त नवीकरण नगरेपनि अनलाइन सञ्चारमाध्यमकाे दर्ता खारेजी नहुने

काठमाडौं । अब नवीकरण नगरेकै आधारमा अनलाइन सञ्चारमाध्यम दर्ता खारेजी नहुने भएको छ ।

सूचना तथा प्रसारण विभागले सूचना जारी गर्दै नवीकरण नगरेकी आधारमा अनलाइन सञ्चारमाध्यम दर्ता खारेजी तथा सञ्चालनमा रोक नलगाउने भएको जानकारी दिएको छ ।

विभागले यसअघि यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ को परिच्छेद ३ दफा ६को उपदफा (३) बमोजिम म्यादभित्र नवीकरण नगराउने अनलाइन सञ्चारमाध्यमको सेवा प्रचलित कानून बमोजिम रोक लगाउने व्यवस्था थियो ।

सो प्रवाधानविरुद्ध सर्वोच्चमा रिट परेपछि गएको चैत ३१ गते सर्वोच्चले उक्त व्यवस्था खारेज भएको संक्षिप्त आदेश जारी भएको विभागको सूचनामा उल्लेख छ ।

उक्त आदेश बमोजिम अब उप्रान्त विगत आर्थिक वर्षमा नवीकरण नगरेकै आधारमा अनलाइन सञ्चारमाध्यम सञ्चालनमा रोक समेत नलगाउने भएको छ ।

यसअघि नियमित रुपमा नवीकरण हुँदै आएका अनलाइन सञ्चारमाध्यमको हकमा भने पूर्ववत रुपमा नवीकरण कार्य जारी रहने र नियमित रुपमा नवीकरण भएको अनलाइन सञ्चारमाध्यमका लागि मात्र प्रेस प्रतिनिधि प्रमाणपत्र र परिचयपत्र (प्रेस पास) जारी गरिने पछि सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);