बागलुङ । कालोपत्र हुन नसकेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्ड बर्सातका कारण बेहाल भएको छ । पटकपटक म्याद थप गर्दा समेत समयमा काम नसकेपछि जिल्ला प्रशासन कार्यालयमा ठेकेदार कम्पनी लगायत सबै सरोकारवाला सहमति गर्दै पटक पटक म्याद थप्दै आएको छ । ठेकेदार कम्पनीले २०७८ जेठ मसान्तसम्म २५ किलोमिटर सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएपनि २ किलोमिटर सडक कालोपत्रे भएको छ ।राष्ट्रिय गौरवको आयोजना मध्येको मध्यपहाडी लोकमार्ग आयोजना समयमा कालो पत्र हुन नसक्दा स्थानियले सास्ती खेप्दै आएका छन् । निर्माण शुरु भएको दुई दशक बितिसक्दा समेत सडकले पुर्णता पाउन नसक्दा जोखिम मोलेर यात्रा गर्नु पर्ने वाध्यता छ ।
बागलुङ सदरमुकाम खण्ड बर्सातका कारण बेहाल (भिडियाेसहित)
ताजा समाचार
अमेरिकी सामानमा चीनको जवाफी आयात शुल्क लागू
१० घन्टा अघि
सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
११ घन्टा अघि
कांग्रेस महाधिवेशन ०८४ को चुनावअघि नै हुन्छ , गगन
१२ घन्टा अघि
समाजवादीका नीति–कार्यक्रम जनमुखी छन्, झलनाथ
१२ घन्टा अघि