अफगान सरकार र तालिवानीहरुले वार्तालाई निरन्तरता दिने सहमति | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

अफगान सरकार र तालिवानीहरुले वार्तालाई निरन्तरता दिने सहमति

एजेन्सी । अफगान सरकार र तालिवानीहरुले वार्तालाई निरन्तरता दिने सहमति जनाएका छन् ।

कतारको दोहामा जारी वार्ताका क्रममा दुवै पक्षले युद्धविराम र सरकारी नियन्त्रणमा रहेका विद्रोही लडाकूको रिहाइलगायतका विषयमा आन्तरिक रुपमा थप छलफल गरेर सहमतिमा पुग्ने प्रतिवद्धता जनाएका हुन् ।

बैठकपछि संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा शान्ति वार्तालाई निष्कर्षमा पु-याउने प्रतिवद्धता जनाएको उल्लेख छ । उनीहरुले वार्ताका लागि दुवै पक्षले विस्वासको वातावरण बनाउन थप गृहकार्य गर्नेसमेत जनाएका छन् ।

दुवै पक्षले लामो समयदेखि वार्ता गरिरहेको छन् । अमेरिकाले आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरेलगत्तै दुवै पक्षबीच पटक पटक वार्ता भएको हो ।

सरकारसँग वार्ता जारी रहेपनि तालिवानी लडाकूहरुले अफगानिस्तानका चरा सय जिल्लामध्ये आधा भन्दा बढी आफ्नो नियन्त्रणमा रहेको बताउँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);