काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीको बहिर्गमनले भष्मासुर प्रवृतिको अन्त्य भएको बताएका छन् ।प्रधानमन्त्री देउवाको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै भट्टराईले ओलीको कलंकपूर्ण शासनको अन्त्य भएको बताएका हुन् ।
भट्टराईले भने, ‘पुस ५ देखि जेठ ८ गतेसम्म इतिहासको कलंकका रुपमा रहनेछ। जनताको सर्वोच्च निर्वाचित संस्थालाई पटक पटक विघटन गर्ने अपमानित गर्ने काम परास्त भएको छ। उनले संविधानलाई आफूले जारी भएकै दिन आधा गिलास पानी भनेको र त्यो आधा गिलास पानीलाई पनि ओलीले खन्याइदिएको आरोप समेत लगाएका छन् ।
भट्टराईले अझै पनि शान्ति प्रक्रियाको बाँकी कामको रुपमा रहेको टिआरसीलाई राजनीतिक मोलमोलाइएको विषय नबनाउन आग्रह समेत गरेका छन् । सरकारले कोरोना नियन्त्रण र भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिन भट्टरार्ईले सुझाव दिएका छन् ।
महन्थ ठाकुर पक्षका जनता समाजवादी पार्टीले पनि देउवालाई मतदान गर्ने निर्णय गरेका थिए। ‘हामीले दिउँसो नै २० जनाको बैठक बसेर देउवालाई समर्थन गर्ने निर्णय गरिसकेको पनि संसदमा भट्टरार्ईले जानकारी गराएका छन् ।