विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्नका लागि तयारी गर्न निर्देशित गरेको छु : सभामुख सापकोटा | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्नका लागि तयारी गर्न निर्देशित गरेको छु : सभामुख सापकोटा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएपछि सचिवालयले त्यसको तयारी गरिरहेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधिसभाको बैठकका लागि कार्यसूची तय गरिसकेको उल्लेख गर्दै सभामुख सापकोटाले देउवाले विश्वासको मत प्रस्ताव प्रस्तुत गर्नका लागि सचिवालयले तयारी गरिरहेको बताएका हुन् ।

प्रतिनिधि सभाको बैठक आइतबार अपराह्न ४ बजे बस्दैछ । आइतबार प्रतिनिधि सभाको दुईवटा बैठक बस्ने र पहिलो बैठकले राष्ट्रपति कार्यालयबाट आएका पत्रहरु प्रस्तुत गरिने, सरकारले ल्याएका अध्यादेशहरु प्रस्तुत गरिने तथा शोकप्रस्तावहरु पारित गरिने सभामुख सापकोटाले जानकारी दिए ।

सभामुख सापकोटाले आजै बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची तय गरिएको बताए । उनले भने – ‘दोस्रो बैठकमा प्रधानमन्त्रीज्यूले विश्वासको मत लिन्छु भनेर पत्र पठाउनुभएको छ । यो पत्र अनुसार विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्नका लागि सचिवालयले तयारी गरिरहेको छ । त्यही अनुसार तयारी गर्न मैले सचिवालयलाई निर्देशित पनि गरेको छु । आज यिनै कार्यसूचीहरु छन् । विश्वासको मतको लागि प्रस्ताव दर्ता भइसकेको छ ।’

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुर्नस्थापना गरेपछि पहिलोपल्ट आइतबार प्रतिनिधि सभा बैठक बस्न लागेको हो । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);