प्रधानमन्त्री नियुक्त भएको साता नबित्दै आज विश्वासको मत लिँदै देउवा | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

प्रधानमन्त्री नियुक्त भएको साता नबित्दै आज विश्वासको मत लिँदै देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नै विश्वासको मत लिने भएका छन् । आज अपरान्ह ४ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठकमा नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएको हो ।

गएको असार २८ गते प्रतिनिधिसभा पुनस्थापना भएपछि बस्न लागेको प्रतिनिधिसभाको बैठक नै पहिलो बैठक हो । पुनस्थापना पछिको पहिलो बैठकबाट नै देउवाले विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।

सर्वोच्चको आदेश अनुसार संविधानको धारा ७६ (५) को प्रधानमन्त्री बनेका देउवाले एक महिना भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएपनि देउवाले प्रधानमन्त्री बनेको एक हप्ता नै नबित्दै विश्वासको मत लिन लागेको हुन् ।

विश्वासको मतका लागि देउवालाई एक सय ३६ सांसदको मतको आवश्यक पर्दछ ।

देउवाले विश्वासको मत पाउन सफल भए संसदको बाँकी समय डेढ वर्ष चलाएर निर्वाचन गराउने छन् । यदि विश्वासको मत पाउन असफल भए प्रतिनिधि सभा विघटन भई देउवा नेतृत्वको सरकारले ६ महिनाभित्र निर्वाचन गराउनु पर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);