काठमाडौँ। कांग्रेस क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि कुटपिट गर्ने सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताहरुलाई तीन दिनभित्र कारवाही गर्न प्रधानमन्त्री एवंम सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकपछि देउवाले २४ घण्टाभित्र स्पष्टीकरण सोधेर ३ दिनभित्र कारवाही गर्न निर्देशन दिएका हुन् ।शुक्रवार कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत निकट हरिशरण श्रेष्ठ लगायतका कार्यकर्ताले क्रियाशील सदस्य आफूहरुले सिफारिस गरे बमोजिम नभएको भन्दै घिमिरेमाथि कुटपिट गरेका थिए ।
त्यसलगतै कांग्रेस केन्द्रीय सदस्य समेत रहेको घिमिरेले आफूमाथि पार्टीकै नेता तथा कार्याकर्ताबाट कुटपिट भएको भन्दै पार्टीभित्र बहसको विषय बनाउन र दोषीलाई कारबाही गर्न सभापति समक्ष लिखित पत्र पेश गरेका थिए ।