प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक पदाधिकारीको बैठक | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक पदाधिकारीको बैठक

काठमाडौँ । प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारीको बैठक बोलाएका छन्। बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।

आज हुने बैठमा विशेष गरेर क्रियाशील सदस्यता छानविन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घट्नाबारेमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका हुन्। कांगे्रस केन्द्रीय सदस्य एवं समिति सदस्य घिमिरेमाथि सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताले कुटपिट गरेका थिए।

सदस्यता छानविनको काम अन्तिम चरणमा पुगेका बेला सदस्य घिमिरेमाथि धर्मशालामै पुगेर आक्रमण गरेका थिए। समितिले एक महिनादेखि गौशालास्थित नेपाल–भारतमैत्री धर्मशालामा आवासीय रुपमा काम गर्दै आएको छ ।

Leave a Reply