काठमाडौं । काठमाडौं महानगरपालिका २९ अनामनगर शान्ति गल्ली डेरा गरी बस्ने दैलेख डुङ्गेश्वर गाउँपालिका ३ घर भएका ३५ वर्षीय तिर्थराज न्यौपानेको कोठाबाट सुनका विभिन्न गरगहना र नगद ७ हजार रुपैयाँ समेत गरी करिब ५ लाख ५४ हजार ५ सय ५० रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।