एमालेलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रीत गर्ने विघटित कार्यदलका नेताहरुको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

एमालेलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रीत गर्ने विघटित कार्यदलका नेताहरुको प्रतिवद्धता

काठमाडौं । नेकपा एमालेका नेताहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

विघटित पार्टी एकता कार्यदलका सदस्यहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रीत गर्ने निष्कर्ष निकालिएको प्रतिक्रिया दिएका हुन् ।

शनिबार बिहान सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले जुटाएको १० बूँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरिएको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिए ।

उनले भने– “पार्टी एकताका लागि अनुमोदन गरिएको १० बूँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्दा पार्टी एकतावद्ध बनाउन सकिन्छ । नेकपा एमाले एकतावद्ध हुँदा देशको कम्युनिष्ट आन्दोलनलाई, लोकतान्त्रिक आन्दोलनलाई र संविधानलाई सवल बनाउन सकिन्छ । सोही निष्कर्षका साथ सो १० बूँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाढि बढने निष्कर्षमा पुगेका छौं । हामी सोही रुपमा अघि बढ्छौं ।”

पार्टीलाई एकतावद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरुबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले जानकारी दिए ।उनले भने– “पार्टीका सबै नेता, कार्यकर्ताहरुको यति लामो योगदानबाट निर्मित पार्टीलाई एकतावद्ध बनाउन हामीले हाम्रा प्रयत्नहरुलाई केन्द्रीत गर्नु स्वभाविकै हो ।

हामीले आफ्ना आफ्ना ठाउँबाट पार्टीलाई एकजुट बनाउनका लागि हाम्रा प्रयत्नहरुलाई जारी राख्नु पर्दछ । पार्टी कार्यकर्तामा देखा परेको, अन्यौलता र चिन्तालाई दूर गर्नका लागि फेरि पनि यो पार्टीलाई कुनै पनि सर्तमा जोगाउँछौं, एकतावद्ध पार्छौं भन्ने सन्देशका लागि पनि अनौपचारिक रुपमा भेटघाट गर्ने काम स्वभाविक छ ।”

शुुक्रबार बसेको एमाले स्थायी समिति बैठक र संसदीय दलको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बूँदे सहमति अनुुमोदन गर्दै सृजनात्मक र रचनात्मक ढंगले त्यसलाई कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);