कांग्रेस पौडेल पक्षको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

कांग्रेस पौडेल पक्षको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्दैछ । महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन र सरकारमा आफ्नो समूहको सहभागिताबारे छलफल हुन लागेको हो ।

आज हुने बैठकमा सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा समेत छलफल हुने पौडेल निकटका एक नेताले जानकारी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिएका बालकृष्ण खाँणलाई गृह मन्त्रालय र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट दुई जना मन्त्रीमध्ये पम्फा भुसालले ऊर्जा र जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका पाइसकेका छन् । अन्य मन्त्रालय प्रधानमन्त्री आफैले राखेका कारण मन्त्रीहरुको नामावली छिटो टुङ्ग्याउन प्रधानमन्त्री देउवाले पौडेल पक्षलाई आग्रह गरेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);