पेट्रोल पम्प र ढुवानी बन्द गर्ने पाँच विद्यार्थी संगठनको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

पेट्रोल पम्प र ढुवानी बन्द गर्ने पाँच विद्यार्थी संगठनको घोषणा

काठमाडौं । संयुक्त पाँच विद्यार्थी संगठनले बुधबारदेखि पेट्रोलियम पदार्थ ढुवानी र सम्पूर्ण पेट्रोल पम्प, ट्याङ्करहरु बन्द गर्ने घोषणा गरेका छन् ।

मंगलबार संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोलियम पदार्थको मूल्य वृद्धि नघटाएसम्म आन्दोलन नरोकिने बताएका हुन् ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले संयुक्त ध्यानाकर्षण पत्र सो जानकारी दिएका हुन् ।

संयुक्त विद्यार्थी संगठनले ध्यानाकर्षणको अवज्ञा गरे उत्पन्न हुने परिस्थितिको जिम्मेवारी व्यवसायी र एसोसियसन नै हुने चेतावनी दिएका छन् ।

त्यस्तै पत्रमा ढुवानी र पम्पहरुलाई बन्द गरेर आन्दोलनलाई सहयोग गर्न व्यावसायीसँग आग्रह पनि गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);