१४ औं साग सन् २०२३ मा पाकिस्तानमा हुने, प्रतियोगितामा २७ खेल समावेश | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

१४ औं साग सन् २०२३ मा पाकिस्तानमा हुने, प्रतियोगितामा २७ खेल समावेश

काठमाडौं । सन् २०२३ मा पाकिस्तानमा हुने १४ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता मार्च महिनामा हुने भएको छ । दक्षिण एशियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले सागको समय तोकेको हो ।

प्रतियोगितामा २७ खेल समावेश हुने भएका छन् । जसमा पुरुष र महिला दुबै टिमले खेल्नेछन । प्रतियोगिता पाकिस्तानको पाँच वटा शहरमा हुने पक्का भएको छ ।प्रतियोगिताको मुख्य खेल लाहोरमा हुनेछ भने अरु खेलहरु फैसलावाद, गुजरनवाला, इस्लामावाद, सिकाकोटमा हुनेछन ।

सागको आयोजनाको खेल स्थलको निरिक्षणका लागि दक्षिण एशियाली ओलम्पिक काउन्सिलले अरु ओलम्पिक कमिटीलाई यहि बर्षको अन्तिममा आमन्त्रण गर्ने भएको छ ।

बैठकमा भारत, बंगलादेश, श्रीलंका, माल्दिभस र भुटानका ओलम्पिक कमिटीका अध्यक्ष र महासचिवको सहभागिता रहेको थियो । नेपाल ओलम्पिक कमिटीबाट महासचिव निलेन्द्रराज श्रेष्ठले भाग लिएका थिए । नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले ५१ स्वर्ण जितेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);