२४ घण्टामा ११ सय ३३ संक्रमणमुक्त, २३ सय ७० जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

२४ घण्टामा ११ सय ३३ संक्रमणमुक्त, २३ सय ७० जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७० मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ७ हजार ६ सय ८९ पीसीआर परीक्षणबाट १ हजार ६ सय ९० र ३ हजार ८ सय ९५ एन्टिजेन परीक्षणबाट ६ सय ८० मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १८ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ४ सयले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

ताजा समाचार