२४ घण्टामा १३ सय ३३ संक्रमणमुक्त, २९ सय ७९ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

२४ घण्टामा १३ सय ३३ संक्रमणमुक्त, २९ सय ७९ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३३ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने १ हजार ३ सय ३३ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७९ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ११ हजार ८ सय ९८ पीसीआर र एन्टिजेन परीक्षणबाट २ हजार ९ सय ७९ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २८ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार २ सय ९१ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

२४ घण्टामा उपत्यकामा ५ सय ४३ जनामा संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ४३ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लमा ३ सय ९०, ललितपुर जिल्लमा ८७ र भक्तपुर जिल्लामा ६७ जनामा संक्रमण देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);