संवैधानिक इजलासको विवेकपूर्ण फैसला : कांग्रेस प्रवक्ता शर्मा | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

संवैधानिक इजलासको विवेकपूर्ण फैसला : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं । विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विवेकपूर्ण फैसला भएको टिप्पणी गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत अदालतको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम भएको बताएका छन् ।

शर्माले लेखेका छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपुर्ण कदम सच्याउंदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला ! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम ।
केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा

प्रधानन्याधीस चोलेन्द्रशमशेर राणाको नेतृत्वमा सोमबार बसेको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई बदर गरेको हो । यसका साथै इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।

सर्वोच्चले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो । र आजको मितिले ७ दिन भित्रमा संसद आह्वान गर्न पनि निर्देशन दिएको छ भने सांसदलाई दलीय कारबाही नगर्न पनि परमादेश जारी गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);