काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सर्वोच्च अदालतको फैसलाले मुलुक गम्भीर संकट र अस्थिरतातर्फ धकेलिएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जारी परमादेशले मुलुक गम्भीर संकट र अस्थिरतातर्फ धकेलिएको टिप्पणी गरेका हुन् ।
सर्वोच्चको आजको निर्णयले संसदीय व्यवस्था र दलीय प्रणालीको मुल मर्म मै नांगो प्रहार गरेको उनको तर्क छ । उनले लेखेका छन्–‘सर्वोच्चको फैसलाले मुलुक गम्भीर संकट र अस्थिरतामा धकेलियो, संसदीय व्यवस्था र दलीय प्रणालीको मुल मर्म मै नांगो प्रहार ।’