अब लेबनानसँग पनि श्रम सम्झौता | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

काठमाडौँ, ८ कार्तिक । नेपाल सरकारले तेश्रो पटक अब लेवनानसँग श्रम सम्झौताको लागि पहल थाल्ने भएको छ। नेपालले यस अघि कतार र जोर्डनसँग श्रम सम्झौता गरिसकेको छ। इजिप्टस्थित नेपाली दूतावासले लेबनानसँग श्रम सम्झौता गर्न पहल सुरु गरको हो।

लेबनानका लागि गैरआवासीय राजदूत झवीन्द्र अर्यालले त्यहाँका राष्ट्रपति माइकल औनसमक्ष ओहदाको प्रमाणपत्र बुझाउने क्रममा श्रम सम्झौताको प्रक्रिया अघि बढाउने पहल गरका हुन्। लेवनानसँगको श्रम सम्झौतापछि त्याहाँ जाने नेपाली कामदारलाई ठुलो राहत मिल्ने अधिकारीहरुको विश्वास रहेको छ। श्रम सम्झौतासँगै बिदामा घर आउने नेपालीहरुले समेत उक्त देशमा काममा फर्कन सक्ने तथा तोकिएको सेवा सुबिधा लगायतको बिषयमा कामदारहरुलाई राहत मिल्नेछ।

त्यहाँको दुतावासका अनुसार अवैध भएर घर फर्किन नसकेका केही नेपाली नागरिकको फिर्ता प्रक्रिया र वैध रूपमा काम गरिरहेकाको हकमा पुनः त्यहाँ गएर काम गर्न पाउने व्यवस्था मिलाउने कार्य अघि बढाउन लागिएको छ।

लेबनानमा नेपाली महिलाहरू घरायसी काममा छन् भने युवकहरू विभिन्न कम्पनीमा कार्यरत छन। त्यहाँ १२ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ। नेपालले लेवनानसँग श्रम सम्झौताको लागि पहल गरेको कुरामा त्यहाँका अधिकारीहरु समेत सकारात्मक देखिएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);