९० प्रतिशत अमेरिकी जनता उत्तर कोरियाको निशानामा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

वासिंटन, ८ कार्तिक । अमेरिकाविरुद्ध युद्धका लागि विभिन्न मोर्चामा तयारी गरिरहेको उत्तर कोरियाले अमेरिकाको ९० प्रतिशत जनसंख्यालाई घातक निशाना बनाउन सक्ने अमेरिकी पूर्वअधिकारीले जनाएका छन्। अमेरिकी गुप्तचर एजेन्सी ‘सीआइए’ का पूर्व परमाणु रणनीतिकारले यस्तो आशंका व्यक्त गरेका हुन्।

अमेरिकासँग मिसाइल प्रतिरोधी क्षमता भए पनि उत्तर कोरियाले कुनै मिसाइल प्रयोग नै नगरी अमेरिकालाई तहसनहस बनाउन सक्ने क्षमता विकास गरेको पनि उनको भनाइ छ। सीआइएका पूर्वनिर्देशक जेम्स वुल्सीका अनुसार उत्तर कोरियाले अमेरिकाको इलेक्ट्रिक ग्रिड र अन्य आधारभूत संरचनालाई वर्ष दिनसम्म निस्क्रिय तुल्याउन सक्छ।

यसबाट भोकमरी, बिमारीजस्ता समस्या उत्पन्न भई प्रत्येक १० जनामध्ये ९ अमेरिकीले मृत्युवरण गर्न सक्छन्। अमेरिकी रक्षा विशेषज्ञहरुका अनुसार उत्तर कोरियाले अमेरिकामाथि इलेक्ट्रोनिक म्यागनेटिक पल्स (इएमपी)बाट हमला गर्न सक्ने छ। यो प्रविधिबाट अमेरिकाको साइबर क्षेत्र तहस नहस हुने र पुरै अमेरिका अन्धकारमा डुब्ने खतरा पनि उनीहरुले औंल्याएका छन्।

अमेरिकी होमल्याण्ड सेक्युरिटी तथा नेशनल इएमपी टास्क फोर्सका कार्यकारी निर्देशक डा. पिटर विनसेन्ट प्राइका अनुसार उत्तर कोरियाले आफ्ना उपग्रहलाई नै हतियार बनाउन सक्छ। उत्तर कोरियाले आफ्ना उपग्रहलाई नै परमाणु मिसाइलमा रुपान्तरण गर्ने क्षमता हासिल गरिरहेको उनले बताए।

उत्तर कोरियाका दुई उपग्रहले अन्तरिक्षबाट अमेरिकामाथि कडा निगरानी गरिरहेको अमेरिकी रक्षा विशेषज्ञ बताउँछन्। यी दुबै उपग्रहले डेढ घण्टाको अवधि मै पृथ्वी परिक्रमा गर्ने क्षमता राख्छन्। यस अतिरिक्त उत्तर कोरियासँग रहेका एटम बम पनि अमेरिकाका लागि ठूलो चुनौती बनेको छ। अमेरिकी गुप्तचर अधिकारीहरुले हालै उत्तर कोरियासँग २५३ एटम बम रहेको आंकलन गरेका छन्। यद्यपि, उत्तर कोरियासँग कति र कस्ता हतियार छन् भन्ने यकिन विवरण आउने गरेको छैन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);