इटहरी । इटहरीको मायाघरका ३६ जना महिलाहरुलाई कोरोना संक्रमण पुष्टी भएको छ । इटहरी २ स्थित मायाघरमा कोरोना संक्रमण फैलिएको छ । इटहरी उपमहानगरपालिकाले गरेको स्वास्थ्य परिक्षणमा त्यहाँ आश्रित ५० जना महिलामध्ये ३६ जनामा संक्रमण देखिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।
इटहरी अस्पतालको इमर्जेन्सी विभाग प्रमुख तथा कोभिड १९ होम आईसोलेन सर्पोट टिम संयोजक रामकुमार धमलाकाअनुसार ३६ संक्रमितमध्ये २८ जनामा सुख्खा खोकि, ज्वरो, वान्ता हुने, खान मन नलाग्ने जस्ता कोभिड १९ का लक्षणहरु देखिएको छ । उनीहरुलाई उपचारमा सहयोग पुग्ने पल्स अक्सिमिटर, माक्स लगायत स्वास्थ्य सामाग्रिहरु दिइएको गौतमले जानकारी दिइन् । सबै संक्रमितलाई इटहरी अस्पतालले हेल्थ मोनिटरिङ गरिरहेको धमलाले बताए ।
मायाघरकी सचिव सुभद्रा प्याकुरेलले मायाँ घरमा कोरोना संक्रमण देखिएपछि संक्रमितहरु र संक्रमण नभएकाहरुलाई छुटटा छुटटै ठाँउमा राखि सावधानी अपनाइएको छ ।
मायाघरमा नयाँ ब्यक्तिहरुलाई ल्याउन भने केहि समय बन्द गरिएको उनले जानकाी दिइन् । मायाघरले वेवारिसे, मानसिक सन्तुलत ठीक नभएका पीडित ब्यक्तिहरुलाई आश्रय दिदै आएको छ । अहिले मायाँघरमा ८७ जना महिलाहरु आश्रित छन् ।