लहान । सिरहाको प्रहरी कार्यालबाट एक थुनुवा फरार भएका छन्। सिरहाको लाहान स्थित ईलाका प्रहरी कार्यालय ९ बाट लागू औषध अभियोगमा थुनामा रहेका एक थुनुवा प्रहरीको चरम लापरवाहीका कारण फरार भएका हुन् ।
जेठ २० गते लागु औषध तस्करी गरेको मुद्दामा पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका १ निवासी पशुपति यादब शनिबार बिहान २ बजे हिरासतको ग्रिल काटी फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
फरार यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भईरहरको पनि उपरिक्षक बुढाथोकीले जानकारी दिएका छन् । यस अघि इलाका प्रहरी कार्यालय महेसपुर पतारी वाट ८ जना थुनुवा फरार भएका थिए ।