२४ घण्टामा १३ सय १६ संक्रमणमुक्त, २२ सय ३९ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

२४ घण्टामा १३ सय १६ संक्रमणमुक्त, २२ सय ३९ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १६ हजार ९ सय २९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ६ हजार ६ सय ५७ पीसीआरबाट १ हजार ४ सय ७९ र ४ हजार ६ सय ५७ एन्टिजेन परीक्षणबाट ७ सय ६० मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २० संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ३ सय ४० ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

ताजा समाचार