कांग्रेस महाधिवेशनमा पौडेल समूहका सभापतिका आकांक्षीहरुबीच छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

कांग्रेस महाधिवेशनमा पौडेल समूहका सभापतिका आकांक्षीहरुबीच छलफल हुँदै

काडमाडौँ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पौडेल समूहका सभापतिका आकांक्षीहरुबीच छलफल हुने भएको छ ।

शुक्रबार अपराह्न चार बजे बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सभापतिका आकांक्षीहरुबीच छलफल हुन लागेको हो ।

महाधिवेशनमा आफ्नो समूहबाट सभापतिमा एउटा मात्रै उम्मेदवार तय गर्ने प्रयासस्वरुप आजको छलफल बोलाइएको पौडेल समूहका एक नेताले जानकारी दिएका हुन् । ती नेताका अनुसार पौडेल समूहका नेता अर्जुननरसिंह केसीको पहलमा सभापतिका सबै आकांक्षीलाई एकै ठाउँमा राखेर छलफल गर्न लागिएको बताइएको छ।

कांग्रेसको महाधिवेशन आगामी भदौँ १६ देखि १९ सम्म काठमाडौँमा बर्तमान सभापति शेरबहादुर देउवाले पुन सभापतिको नेतृत्वका लागि तयारी गर्देछन भने उपसभापति विमलेन्द्र निधिले पनि सभापतिका लागि दाबी गरेका छन् ।

त्यस्तै कांग्रेसभित्रका तेसा्रे खम्बाकारुपमा स्थापित नेता तथा पूर्वमहामन्त्री समेत रहेको कृष्णप्रसाद सिटौलाले पनि सभापतिको दाबी गरिसकेका छन् ।

Leave a Reply