निवेदनको प्रगति बुझ्न निर्वाचन आयोग पुगे पूर्वमाओवादी नेताहरु | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

निवेदनको प्रगति बुझ्न निर्वाचन आयोग पुगे पूर्वमाओवादी नेताहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेका पूर्वमाओवादी नेताहरू निवेदनमा भइरहेको प्रगति बुझ्न निर्वाचन आयोग पुगेका छन् ।

एमालेका लागेका पूर्वमाओवादी नेताहरु टोप बहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी लगायतका नेताहरु आयोग पुगेका हुन् ।

अधिवक्ता सरोज बुढाथोकीमार्फत यी नेताहरुले असार २३ गते माओवादी केन्द्रले लामो समयदेखि महाधिवेशन नगरेकोले दल वैधानिक नरहेको भन्दै दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

सोही निवेदनमाथि आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन उनीहरु आयोग पुगेका हन् ।

सर्वोच्च अदालतले गएको फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्र व्युँताउने निर्णय गरेपछि माओवादी छोडेर एमालेका लागेको नेताहरुलाई माओवादी केन्द्रले कारबाही गरी सांसद पदमुक्त गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);