नेताहरुको अडानका कारण कार्यदल बैठकले निष्कर्ष निकाल्न सकेनः बैठक भोलि पुनः बस्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

नेताहरुको अडानका कारण कार्यदल बैठकले निष्कर्ष निकाल्न सकेनः बैठक भोलि पुनः बस्ने

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक पुनः स्थगित भएको छ ।

बिहीबार बिहान केहीबेर बसेर स्थगित भएको बैठक साँझ सिंहदरबारमा बस्ने भनिएपनि औपचारीकता नपाउँदै स्थगित भएको हो ।

साँझको बैठकमा अन्तिम रुप दिएर सहमति गर्ने भनिएपनि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच पेश गरिएको कार्यदलको खाकामा सहमति जुट्न नसक्दा बैठकले औपचारिकता पाउन नसकेको हो ।

कार्यदल सदस्य सुरेन्द्र पाण्डेले इमाउण्टेनलाई भने, धेरैपटकको अनौपचारिक छलफलबाट केही एजेन्डा तय गरेपनि आज ठोस निर्णय दिने प्रयास थियो तर शीर्ष नेताबीच केहि कुरामा विमती रहेकोले भोली बिहान साढे ११ बजे बस्ने टुंगोमा पुग्ला हामी आशावादी छौं ।

यसअघि अन्य सदस्यहरुले कार्यदल सहमति नजिक पुगेको दाबी गरेका थिए ।

Leave a Reply